कतारमा कोरोना : आज थप २१६ जनामा संक्रमण देखियो

आज नयाँ २१६ जना कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमित भेटिएका छन् भने २० जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २७२८ पुगेको छ ।
हालसम्म २४७ जना निको भएर घर फर्किएका छन् भने २४७५ जना उपचारत छन् । आज सम्म ४७७५१ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/wokywzAPwU
— وزارة الصحة العامة (@MOPHQatar) April 11, 2020
थप नयाँ २१६ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं , सकिन्छ भने सेनिटाईजर प्रयोग गरौं र कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।
यो पनि पढौ
शुक्रबार र शनिबार प्राय सबै पसल बन्द गरिने