रोजगारदाता माथी अदालतमा मुद्धा लड्न अघि ध्यान दिनपर्ने कुराहरु

 


कतारमा श्रमिकहरुले आफ्नो रोजगार दाता माथी स्वतन्त्र रुपमा उजुरी दिन पाइन्छ । आफु अपहेलना वा शोषणमा परेको खण्डमा वा तलब वा अन्य क्रियाकलापमा गुनासो रहँदा उजुरी हाल्न सकिन्छ तर प्रारम्भिक ज्ञान बिना नै अगाडी बढ्दा ठुलो क्षति पनि हुनसक्दछ । तसर्थ अदालतमा मुद्धा दिन अघि ध्यान दिनपर्ने कुराहरु यस्ता छन् ।

सानोतिनो गुनासो वा मदभेद हुँदा रोजगारदाता संग मिलेर,थोरै झुकेर भएपनि कुरा मिलाउन सकिन्छ । अदालतमा मुद्धा परेपछि रोजगार संगको दुरी समाप्त हुनजान्छ । त्यसैले मिल्न सक्ने कुराहरु ढिला भएपनि एकआपसमा मिलाउन आवश्यक छ । केही गर्दा पनि भएन भने बल्ल अदालतलाई अन्तिम उपायमा रोज्नुहोस ।

अदालतको ढोका ढकढकाउन अघि श्रमिकले आफ्नो अधिकार बारे राम्रो संग बुझ्न जरुरी छ । अदालतमा के कुराहरु सोध्न पाइन्छ,के कुरालाई दावी गर्न पाइन्छ आदि कुराहरु पहिल्यै बुझ्न जरुरी छ । केही मातहतमा रोजगारदाताले गरेको शोषण कानुन विपरित नहुन पनि सक्छ ।

सबै कुरा मिलेको खण्डमा मात्र मुद्धा छानबिन हुन दुई देखि तिन महिना लाग्ने गर्दछ । तर प्राय जसो मुद्धाको टुङ्गो लाग्न वर्षौ पनि लाग्नसक्छ । त्यसैले समय र परिश्रम धेरै पर्ने हुनाले पहिल्यै विचार पुराउन अत्यन्तै आवश्यक छ ।

कतारमा कुनै कम्पनी संग आवद्ध रहँदा जीवनयापन गर्न खासै गाह्रो नहोला तर मुद्धाको लागी कम्पनी छोड्न पर्ने हुन्छ । मुद्धाको टुङ्गो नलागेसम्म खान र बस्न तथा अन्य क्रियाकलापमा पैसा प्रशस्तै लाग्नसक्छ । त्यसैले मुद्धा लड्न प्रशस्त पैसा हुन जरुरी छ ।

कतारमा अरबी भाषा चल्ने हुँदा बोलीचाली तथा लेखापढी गर्न अरबी भाषाको अत्यन्तै आवश्यक छ । अदालतमा भाषा अनुवादक रहे पनि आफमौ अरबी भाषाको ज्ञान हुँदा फाईदा हुनेछ ।

आफ्नो रोजगारदाता लाई मुद्धा हाल्दा तुरुन्तै र्वखास्त हुने लगभग पक्का नै हुनेगर्दछ । लिखित कागजपत्र बिना कम्पनी छोड्दा अदालतमा आफ्नो प्रमाण कमजोर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button