नेपाल सरकारको नीति तथा कार्यक्रम आइतबार, के–के छन् कार्यक्रममा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

नेपाल सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दैछ ।

के–के छन् कार्यक्रममा ?
सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीका अनुसार राष्ट्रिय महत्वका सबै ठूला परियोजना कार्यक्रममा समावेश गरिएको छ । यसैगरी, दोस्रो चरणको स्थानीय निर्वाचन, प्रान्त र संघीय संसद्को निर्वाचनका लागि बजेटको व्यवस्था पनि नीति तथा कार्यक्रममा गरिएको छ । सरकारले आंशिक बजेट ल्याउने तयारी गरिरहँदा नीति तथा कार्यक्रम पनि त्यहीअनुसारको छ । ‘नीति तथा कार्यक्रम संविधान कार्यान्वयनमा साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनर्संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित छ,’ कार्कीले मन्त्रिपरिषद् बैठकपछि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button