लुसेल रेलमार्गको लागि ट्रेन आउँदै

रेलप्रो

लुसेल रेलमार्गको लागि पहिलो सेटको ट्रेन कतार आउने भएको छ।स्पेनको अलस्टोम कम्पनीले ट्रेन कतारको लागि पठाइसकेको छ।ट्रेन पानी जहाज मार्फत बार्सिलोना बंदरगाह हुँदै मार्च महिना भित्र कतार आइपुग्नेछ।

सन् २०१४ मा कतार रेलवे कम्पनीले अलस्टोम लाई ४ लाइन नेटवर्क भएको ट्रेन बनाउने जिम्मा दिएको थियो।उक्त रेलमार्गमा १० किमी सुरुङमार्ग सहित २८ स्टेसनको साथमा लुसेल सहरको जम्मा २२ किमी क्षेत्रमा ट्रेनको यात्रा हुनेछ।

ट्रेनमा २०७ यात्रु अटाउने ३३ मीटर लामो ५ डब्बा रहनेछ।प्रत्येक डब्बालाई एकल र परिवार वर्ग गरेर जम्मा दुई भाग विभाजन गरिनेछ।हरेक किसिमको यात्रु लाई सुहाउने गरी यो जमीन सतह बराबरमा बनाइएको छ।त्यस्तै यात्रुहरुको सूचना तथा सुरक्षा प्रणाली स्टेसन र ट्रेन भित्र दुवै ठाउँमा हुनेछ।साथै यो पूर्ण रुपमा विद्युतीय ब्रेकिङ प्रणाली  र एल ई डी लाईट द्वारा निर्मित भएका कारण पर्यावरण अनुकूल हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button