असोज ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । रामबाबु निर्देशित फिल्मले शनिबार राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए ।

वितरक कम्पनी स्टेशन फाइभले फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको बताएको छ ।

कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए ।  ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button