समस्या परेका नेपालीलाई कतार रेडक्रस र कतार च्यारिटीले सहयोग गर्ने

कतारमा रहेका नेपालीलाई समस्या परेमा कतार रेडक्रसले खाद्यान्न र कतार च्यारिटीले मेडिकल कीट सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा र कतारको रेडक्रस (क़तार रेडकिरीसेन्ट) संग भएको छलफलमा नेपाली समुदायमा खाद्यान्नको कमि हुन नदिनको एक आपसमा समन्वय गर्ने सहमति भएको छ ।

रेडक्रसको उक्त सहयोगप्रति आभारी व्यक्त गर्दै अध्यक्ष मुक्तदाले कतारमा रहेका जुनै नेपाली लाई समस्या परे पनि आफुलाई चौबिसै घण्टा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालै देखा परेको कोरोना भाइरस बाट यस मुलुकमा रहेका कुनै पनि नागरिकहरुलाई माहामारीको सिकार बन्न नपरोस र सम्यमतापुर्बक यसलाई नियन्त्रणमा लिन सकियोस भन्ने हेतुले कतार सरकारद्वारा चालिएको कदम सनैया स्ट्रीट नम्बर १ देखि ३२ नम्बर सम्म लक डाउन गरिएको अवस्थामा उक्त क्षेत्रमा क्वारेन्टाइनमा पर्नु भएका खानाको अभाव तथा अन्य केही समस्या झेल्नुपरेका नेपाली समुदाय साथै कतारमा रहनु हुने कुनै पनि नेपाली परिवार जो कोही यस्ता समस्यामा पर्नु भएको छ भने एनसीसी कतारको अफिसियल इमेल nrnancc.qatar2003@gmail.com / आधिकारिक फेसबुकको ईनबक्स या 74449592/70909722 नम्बरमा सम्पर्क गरि समस्यामा पर्नुभएको ब्याक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराई सहयोग लिन सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button