पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

पाकिस्तान, कात्तिक २८-

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोहबाट फर्कँदै गरेको २५ जना यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार जनाएको छ।

उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, ‘बसमा २५ जना सवार थिए र अहिलेसम्मै १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।’ गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button