दूतावासको फेरी नयाँ फारम, नेपाल फर्कन कसले भर्नुपर्ने, कसले नपर्ने ?

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोगका कारण उत्पन्न असहज परिस्थितिमा कतारस्थित नेपाली राजदूतावासले घर फर्कन अनिवार्य गरेको तथ्याङ्क संकलन फाराम आठ हजार भन्दा बढीले भरेका छन् । प्राथमिकताका आधारमा तत्काल आठ हजारबाट नेपाल फर्काउनै पर्ने व्यक्ति छनोट गर्न गाह्रो परिरहेकाले होला दूतावासले हिजो अर्को सूचना जारि गर्दै नयाँ फारम भर्न पर्ने र नपर्ने व्यक्तिको सुची प्रकाशित गरेको छ ।
उता नेपाल सरकारले पहिलो चरणमा प्राथमिकता अनुसार आज बाट २५ हजार नेपालीलाई स्वदेश फर्काउने घोषणा गरेको छ ।
घर जान अघि थाहा पाउनुपर्ने कुराहरु :
- अन्तरर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्नेछ । (यस सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ )
- नेपाल जाँदा लाग्ने हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्नेछ । हवाई उडान तथा यसका लागि लाग्ने खर्च साथै स्वदेश फर्कने प्रकृयाका बाँकी सबै जानकारी उपलब्ध हुनासाथ जानकारी गराइनेछ ।
- अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिंग सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्ने पर्नेछ ।
- तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।
१. घर जान क-कसले फारम भर्नुपर्ने ?
- कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका ।
- श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका ।
- वार्षिक/बेतलबी बिदामा रहेका ।
के-के कागजात बुझाउन पर्ने ?
घर जान फारम भर्न अनिवार्य भएका व्यक्तिले आफ्नो समस्या अनुसार https://forms.gle/oESHhvLbJqWtfr8s6
लिंकमा गई आफ्नो विवरण उपलब्ध गराउनु पर्ने ।
जस्तै : आईडी सकिएको फोटो ,कम्पनीले बेतलबी बिदामा राखेको सूचना आदि ।
घर जान क-कसले फारम भर्नु नपर्ने ?
१. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरु ।
२. कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएकाहरु ।
कसलाई सम्पर्क गर्ने ?
जिना अधिकारी /तृतीय सचिव
सम्पर्क नम्बर : 33880321
३. सुत्केरी तथा गर्भवती महिला
४. बालबालिका, ज्येष्ठ नागरिक र अपांगता
कसलाई सम्पर्क गर्ने ?
मनिषा शर्मा /तृतीय सचिव
सम्पर्क नम्बर : 66963616
५. अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत
६. पारिवारिक पुनर्मिलनका लागि आएका
७. पर्यटक तथा व्यापारिक भिसामा आएका
कसलाई सम्पर्क गर्ने ?
प्रवीण भट्टराई /द्वितीय सचिव
सम्पर्क नम्बर : 66950724
८. एकै कम्पनीबाट ५ भन्दा बढी व्यक्ति नेपाल फर्कनुपर्ने भएमा ती व्यक्तिले फाराम भर्नु नपर्ने ।
कसलाई सम्पर्क गर्ने ?
अलिमुद्दीन मो रसुल मिया
सम्पर्क नम्बर : 70453388
फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु :
- रोजगारदाता बाट पाउने सुविधा प्राप्त हुने सुनिश्चित गरेर मात्र फारम भर्ने ।
- कतार सरकारको कानून बमोजिम बहन गर्नुपर्ने कुनै पनि दायित्वको कारणले नेपाल जान नमिल्ने भए व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने ।
- फारम भर्दा उल्लेख गरेको विवरण प्रमाणित हुने कागजात,हवाई टिकट लिने समयमा वा दुतावासले मागेको बेला पेश गर्नुपर्ने । उक्त कागजातबाट विवरण प्रमाणित हुन नसकेमा प्राथमिकताको सूचिबाट हटाईनेछ ।
- पुरानो फराम भर्नु भएकाहरुले पनि पुन नयाँ फारम भर्नु पर्नेछ वा माथि उल्लेखित सम्बन्धित निकायलाई सम्पर्क गर्नुपर्नेछ ।