अगस्ट १३ देखि कतार आउनेले सबैले अनिवार्य कोभिड १९ को नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने

अगस्ट १३ देखि केहि देशका तोकिएका विमानस्थल बाट कतार आउने यात्रुहरुले अनिवार्य कोभिड १९ को नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने भएको छ । तत्कालको लागि बाङ्लादेश, ब्राजिल, इरान, इराक, पाकिस्तान, फिलिपिन्स र श्रीलंका बाट कतार आउने यात्रुले नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

त्यस्तै एयरलाइन्सले नेपाल लगायत भारत,नाइजेरिया,रुस को सेवा सुरु गरेलगत्तै त्यहाँको यात्रुलाई पनि कोभिड १९ को नेगेटिभ सर्टिफिकेट अनिवार्य हुनेछ ।

कतार एयरवेज बाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत यात्रा गर्नुभन्दा ७२ घन्टा भित्र कोभिड १९ को जाँच गरिएको हुनुपर्नेछ । कम्पनी बाट मान्यता प्राप्त स्वास्थ्य संस्था एयरवेजको वेबसाईट बाट हेर्न सकिनेछ ।

नेगेटिभ सर्टिफिकेट नभएका र एयरवेजका फारम नभरेका यात्रुलाई कतार प्रवेश गर्न नदिईने कम्पनीले जनाएको छ ।

त्यस्तै आफ्नो परिवार संग यात्रा गर्ने १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई भने उक्त सर्टिफिकेट नचाहिने एयरवेजले बताएको छ ।

नेपालमा कोभिड-१९ जाँचका लागि कतार एयरवेज बाट मान्यता प्राप्त स्वास्थ्य संस्थाहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button