यति एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं – यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा शनिबार अवतरणको क्रममा धावनमार्ग बाहिर गएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गरेको छ ।

प्राधिकरणले वरिष्ठ एयरवर्दिनेस निरीक्षक भेषराज सुवेदीको नेतृत्वमा क्याप्टेनमा दधिराम निरौला, क्याप्टेन गोपाल सिंह बिष्ट र एयरवर्दिनेस निरीक्षक रितेशराज पन्त रहेको छानबिन समिति गठन गरेको छ ।

शनिबार बेलुका ८ बजेर ३१ मिनेट जाँदा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । जहाजमा आंशिक क्षति पुगे पनि जहाजमा रहेका २१ यात्रु र तीन जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button