खुल्यो मल अफ कतार


कतारको सबैभन्दा ठूलो मल “मल अफ कतार” सञ्चालनमा आएको छ । डिसेम्बर १० तारिख शनिबार भव्य कार्यक्रमका साथ मलको उद्घाटन गरिएको थियो ।
दोहाको अल रेयानमा अवस्थित मलको कुल लागत खर्च ५.४ मिलियन डलर रहेको छ ।
जाने बाटो
मल अफ कतार अल रेयानमा अवस्थित इडूकेसन सिटी नजिकै स्लोप राउन्डबाउट बाट गाडीमा १० मिनेट लाग्नेछ । दोहा बाट बाहिर पश्चिम,अल लुक्ता स्ट्रीट हुँदै नेश्नल कन्भेन्सन सेन्टर पार गर्दै दुखान रोड छिरेपछि इमिरी गार्ड बेस भन्दा अगाडी मल अफ कतार देख्न सकिन्छ । त्यसपछी मल तिरको रोड चिन्ह फलो गर्न सकिनेछ ।
मलमा पार्किङ्ग निशुल्क रहेको छ ।
मल अफ कतारको विशेषता
१. कतारमा मल अफ कतार अहिले सम्मकै सबैभन्दा ठूलो मल हो । यो झन्डै ५० वटा फुटबल मैदान बराबरको रहेको छ । यो ५.४ मिलियन स्क्वायर फिटमा फैलिएको छ ।
२.खुल्ने समय सोमबार देखि बुधबार बिहान १० देखि राती ११ बजे सम्म, विहीबार र शुक्रबार बिहान १० देखि राती १२ बजे सम्म अनी शनिबार र आईतबार फेरी बिहान १० देखि राती ११ बजे सम्म
३. सपिङ्ग मल भित्र ५०० पसल र १०० फुट कोट रहेको छ । यसमा कतारमै नभएका ८० ब्रान्डका जस्तै पोटरी बर्न,टेक्सास रोडहाउस,लेफ्टीस आदी सामानहरु किन्न सकिनेछ भने यहाँ चिजकेक फ्याक्ट्री,एटली पियाफ चाङ्गस,कोर्लुसीयोस,सेक्सपियर एन्ड जस्ता ब्रान्डका समान किन्न पाइनेछ।
४. त्यस्तै १९ वटा सिनेमा हल (थ्रीडि आइम्याक्स प्रोजेक्सन),७ वटा भिआईपी हल,विश्वकै पहिलो ३६० डिग्रीमा घुम्ने लाइभ स्टेज र एउटा ५ तारे होटेल पनि रहेको छ ।
५. १६,५०० स्क्वार मिटर रहेको पारिवारिक कमप्लेक्स,बालबच्चाहरुको लागी यक्ट्रीम ल्यान्ड,किड्जमोन्डो,कतार ह्याम्ले टोय स्टोर र लेगाृ स्टोर जस्ता सुविधा सम्पन्न कमप्लेक्सहरु रहेको छ । फर्कने बाटो अन्डरग्राउन्ड पार्किङ्ग बाट हालसालै खोलिएको १.५ कि.मी सुरुङ्ग मार्ग हुँदै दुखान हाईवे प्रवेश गर्न सकिनेछ ।
त्यस्तै यँहा बाट इमिरी गार्ड,अल रेयान स्टेडियम,अलरुफा कमप्लेक्स र अल रेयान मेट्रो स्टेसनमा पुग्न सकिनेछ ।