क्युएनए

कतार भन्सार निरीक्षण विभागले लुकाएर ल्याइएको अवस्थामा ३,५८६ प्याकेट सुर्ती (तम्बाकु) बरामद गरेको छ। जहाज मार्फत हमाद बंदरगाहमा आएको सामान जाँच्ने क्रममा रेडिमेड कपडाको बक्स भित्र उक्त मात्राको सुर्ती भेटिएको हो ।

एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो। जहाजलाई नियन्त्रणमा लिएर त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ।

यसअघि गत महिना पनि बन्दरगाहमा १० टन सुर्ती बरामद गरिएको थियो।कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button