नव बर्ष २०१७ का लागी ज्योति मगर कतार आउदै साथमा एक दर्जन कलाकार पनि

रुद्र शर्मा, कतार । आइबोस ग्लोबल कतारको दोश्रो संगतिक सौगातमा गायिका तथा मोडेल ज्योती मगर लगायत एक दर्जन राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु सग कतारमा कार्यरत नेपाली समुदाय सग भेटघाट हुने पक्का भएको छ । यस भन्दा अगाडि आयोजना गरेको सागितिक कार्यक्रमको सफलता पछी अग्रेजी नंया बर्ष २०१७ को शुभ अबसर पारेर दोस्रो सागितीक धमका “New Year Welcome Night 2017” कतारमा हुने पक्का पक्की भएको हो सागितिक बिभागका कार्यक्रम सयोजक गोपाल न्यौपानेले जानकारी गराए ।
कतारमा बिगतमा हुदै आएको कार्यक्रम भन्दा भिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम प्रस्तुति रहने कार्यक्रम ब्याबस्थापक आस बहादुर गुरुंगले दाबी गरेका छन । कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइ सागितिक मनोरन्ज लिन कार्यक्रम संयोजक न्यौपानेले यसै समाचार मार्फत आह्वान समेत गरेका छन ।
नेपालबाट अतिथिका रूपमा आउने कलाकार हरुले विभिन्न सागितिक बिधामा भरपुर मनोरञ्जन दिने बताइएको उक्त कार्यक्रममा लोक दोहोरि गायिका तथा चर्चित मोडेल ज्योती मगर कार्यक्रमको मुख्य आकर्षक हुन भने साथमा अन्य राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुमा आधुनिक गायकहरु प्रमोद खरेल, रुपकुमार राई चर्चित लोक दोहोरि गायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ हाँस्य कलाकार जितु नेपाल(मुन्द्रे) नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, नायिका सुर्जनी केशी सागितिक कार्यक्रम उद्घोषिका रहने भएकी छिन, नृत्याङ्गना रश्मी तामांग, गायिका तथा मोडेल कोपिला गुरुङ मोडेल तथा निर्देशक स्मृति तिमिल्सिना लगायतका कलाकार हरुको बेजोड प्रस्तुति एउटै मञ्च बाट देख्न पाइने छ भने स्थानीय सांगितिक संस्थाहरुको पनि विविध प्रस्तुती राखिने भएको छ ।
२०१६ डिसेम्बर ३० साँझ ५ बजेबाट हुने सो कार्यक्रमको टिकट सुरक्षीत गर्नका लागि कार्यक्रम आयोजक सग सिधा सम्पर्क गर्न तथा अन्य थप जानकारी प्राप्त गर्न पोसटरमा भएको ब्यक्तिहरुको नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी गराएको छ ।
