टिभीमा कसरी हेर्ने कतार विश्वकप ?

विश्वकप फुटबल सञ्चालन गर्ने फिफाले यसपटक हरेक देशका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटका लागि छुट्टाछट्टै ‘राइट्स’ बिक्री गरेको छ। यो राइट्स बिक्री बापत मात्रै फिफाले विश्वभरका २२३ वटा देश (टेरिटोरी)बाट तीन अर्ब डलर (तीन खर्ब ९० अर्ब रुपैयाँ) बराबरको रकम असुल गरिसकेको छ। फिफाको यो निर्णयले यसपटकको विश्वकप पैसा नतिरी हेर्न असम्भव जस्तै भएको छ ।

कतारमा कसरी हेर्ने टिभीमा विश्वकप ?

कतारी च्यानल अल कास टिभीले विश्वकपको उद्घाटन समारोह र कतार विरुद्ध इक्वेडरबीचको खेल प्रशारण गर्ने घोषणा गरेको छ ।

अल कासले विश्वकपको पहिलो खेल आफ्नो निशुल्क च्यानलहरूमा प्रसारण गर्ने बताएको छ।

यसअघि बेइन मिडिया समूहले विश्वकपको २२ खेलहरू मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा आफ्नो फ्रि-टु-एयर बेइन स्पोर्ट्स च्यानलमा प्रसारण गर्ने घोषणा गरेको थियो। बाँकि खेल हेर्न च्यानलको विश्वकप प्याकेज खरिद गर्नुपर्नेछ ।

आजको उद्घाटन समारोह अनलाइन हेर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
47
खुसी लाग्यो
दुःख लाग्यो
16
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
37
रीस उठ्यो
Back to top button