कतारमा जनवरी १ तारिक देखी तेलको भाउ फेरी बढ्ने

कतारमा तेलको भाउ फेरी बढ्ने भएको छ । जनवरी १ तारिक आइतबार देखि लागु हुने गरी डिजेल र पेट्रोल दुबैको भाउमा ५ पैसाले वृद्धि हुने कतारको उर्जा तथा औधिोगिक मन्त्रालयले जनाएको छ । अब ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १.५० कतारी रियाल पर्नेछ भने ९५–अक्टेन सुपरको भाउ प्रति लिटर १.५५ कतारी रियाल पर्नेछ ।

यस अघि पेट्रोलको भाउ मात्रै वृद्धि भइरहेको थियो । डिजेलको भाउ गत मे महिना देखि यथावत रहेको थियो । अब डिजेलको भाउ पनि बढेर प्रति लिटर १.४५ कतारी रियाल पर्नेछ ।

गत मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । यो संगै कतारमा यस वर्ष तीन पटक तेलको भाउ बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button