कतारमा यो हप्ता कडा हावाहुरीका साथ जाडो बड्ने


कतारमा यो हप्ता उच्च वायुचापको क्रम थपिएको कारण आज अपरान्ह बाट वायुको गति बढेर २७.७८ देखि ४६.३० प्रती घण्टा सम्म पुग्ने छ भने र समुन्द्रको किनारमा ६४.८२ प्रती घण्टा सम्म पुग्ने यहाँको मौसम विज्ञान शाखा ले अनुमान गरेको छ । त्यस्तै हावाहुरी संगै धुलोको कारण प्रत्यक्षता घटेर ३ किलोमिटर सम्म पुग्ने शाखाले आफ्नो वेबसाईट मार्फत जानकारी दिएको हो ।
शाखाले बाँकी क्षेत्रमा कडा हावाहुरी का साथ वायुको गति प्रती घण्टा ३७.०४ देखि ६४.८ २ सम्म पुगी जाडो बढ्ने जानकारी पनि गराएको छ भने यो हप्ताभर समुन्द्री क्रियाकलाप नगर्न सचेत पनि गराएको छ ।
त्यस्तै हालको भईरहेको तापक्रम घटेर उच्च तापक्रम २० देखि ३४ डिग्री सम्म पुग्ने छ भने न्युनतम तापक्रम १२ देखि १६ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।
हिजो मिसाईद,वाक्रा र अलखोरको उच्च तापक्रम २६डिग्री तथा दोहाको उच्च तापक्रम २७ डिग्री मापन गरियो । त्यस्तै दोहाको १८,मिसाईदको,वाक्रा दुखान,अबु सम्राको १३,अल खोर को १४ र रुवेस को १७ डिग्री न्युनतम तापक्रम मापन गरीएको छ ।
तल हाम्रो फेसबूक मा लाईक गरी हामी सँग जोडीनुहोश ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो