ओरिडु एप्प प्रयोग गर्दा दैनिक १० एमबी डाटा सित्तैमा


ओरिडुले आफ्नो ग्राहक सम्वन्धमा रहेको सुनिश्चित गर्नका लागी “दैनिक १० एमबी डाटा सित्तैमा” योजना ल्याएको छ । मार्च महिनाको २० तारिख सम्म लागु हुने उक्त योजना ओरिडु एप्प डाउनलोड गरी “DEAL” बटन थिचेर दैनिक १० एमबी डाटा निःशुल्क पाउन सकिनेछ । एप्प ooredoo.qa/app वा प्ले स्टोर वा एप्पल स्टोर बाट डाउनलोड गरेर वा ११४ मा app लेखर म्यासेज मार्फत पाउन सकिनेछ । निःशुल्क डाटा सोही दिनको मध्यरात सम्म प्रयोग गर्न सकिनेछ ।
निःशुल्क डाटाबाट कम व्यालेन्स भएका ग्राहकहरुले समाचार पढ्न वा सामाजिक सन्जाल मार्फत आफ्नो साथीभाई वा परिवार संग जोडिन मदत पुग्ने ओरिडुका समुदाय तथा जनसम्पर्क निर्देशक फतीमा सुल्तान अल कुवारी ले बताएका छन् । ओरिडु एप्प बारे विस्तृत जानकारी लिन ooreedoo.com मा हेर्न सकिनेछ ।
थप समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।