मंगलबारसम्म कतारमा उद्दार, फोन गरे उद्दारटोली आउँछ

● अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ। 

कतारमा रोजगारी गर्ने आप्रवासी कामदारका समस्या समाधानका लागि तीनदिने उद्दार अभियान सुरु भएको छ । आइतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म चल्ने छ ।

राष्ट्रिय मानव अधिकार समिती कतार र कतारको रेड कृष्यन्टले अभियान थालेका हुन् । बिशेष अभियान अन्तरगत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ ।

उनीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्राेफेसर डा. रमजान अलि मियाले जानकारी दिनुभयो । समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन् र त्यसैको आधारमा उद्दार टोली पुग्ने छ ।

उहाँले समस्यामा परेका नेपालीलाई तत्काल फोनबाट जानकारी गराउन आग्रह गर्नुभएको छ ।

सहयोग चाहिएमा यी नम्बरमा फोन गरेर जानकारी गराउनुहाेस् । 

नेपाली सहयोग केन्द्र एनएचआरसी कतार : 33885312 / 33227774

अब्दुल हफिज : 55073362

स्रोत : (देश प्रदेश) उज्ज्यालो अन्लाईन 

थप समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button