फोनमा हुने ठगी बाट बच्न ओरेडोको आग्रह

झुठा इ-मेल,फोन वा म्यासेज बाट पैसा असुल्ने बढ्दो उजुरीका कारण कतारको वरिडु टेलिकमले त्यस्ता ठगी बाट बच्न आफ्नो ग्राहकहरुलाई सर्तकता अपनाउन आग्रह गरेको छ । त्यस्ता इ-मेल,फोन वा म्यासेज प्राकृतिक विकोपमा परेका राष्ट्रहरुका लागी वा सिरिया जस्तो हिंसामा परेको देशका लागी सहयोग भनी आउने  टेलिकमले लेनकारी दिएको छ । यस्तो क्रियाकलाप बाट जोगीन वरेडुले सुरक्षाको प्रकारहरु अपग्रेड गर्दै आइरहेको छ ।

कसरी बच्ने ?

१.शंकास्पद इमेल वा म्यासेजहरुलाई जवाफ नदिनुहोस ।

२.इन्टरनेटमा पासवर्ड,खाताको विवरण वा अन्य विवरण माग्ने लिंक नखोल्नुहोस ।

३.इमेल मार्फत आफ्नो पासवर्ड,बैकं को खाता विवरण,डेबिट क्रेडिट कार्ड तथा अन्य खाताको गोप्यता नदिनुहोस । विश्वसनीय संस्था वा मानिसले कहिल्यै पनि तपाईको निजी विवरण माग्दैन ।

४.आफ्नो स्मार्टफोन मार्फत शंकास्पद नम्बरहरु ब्लक गर्नुहोस ।

५.वरिडु एप्प मार्फत Block list शीर्षक प्रयोग गरी झन्झट दिने वा नचाहिएका नम्बरहरुलाई रजिष्टर गर्नुहोस जसले त्यस्ता नम्बरहरुलाई आफ्नो फोनमा आउन बाट रोक्दछ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button