मस्जिदमा अवैधानिक पार्किङ्ग गर्दा जरिवाना लाग्ने


प्राथना गर्ने अवधि नभएको बेला मस्जिदको पार्किङ्ग स्थानमा सवारी पार्किङ्ग गर्दा अब जरिवाना लाग्ने भएको छ । भक्तहरुको अधिकार आदर नगर्ने सवारी चालकहरुलाई कारवाहीको घेरामा ल्याउन यस्तो कदम अपनाईएको छ ।
ट्रार्फिक कार्यलय तथा इस्लामिक मामिला मन्त्रालयको समन्वयमा भएको नियम मा अब प्राथनाको समय नभएको बेला मस्जिद मा पार्किङ्ग गर्दा तीन सय कतारी रियाल जरिवाना हुने भएको छ । हाल ट्राफिकको गाडीले पार्किङ्ग वरपर निगरानी राख्नेछ भने विस्तारै मस्जिदको पार्किङ्ग स्थलहरुमा सिसी टिभी क्यामेरा जडान गर्ने स्रोतले जनाएकोे छ ।साथै गल्ती बारम्बार दोहोराउने सवारी लाई बन्देज लगाइनेछ ।
यस कदमले प्राथना गर्न आउने मानिसहरुलाई सवारी पार्किङ्ग गर्नमा मदत पनि पुग्नेछ ।
कतारका अरु धेरै समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।