‘छक्का पन्जा’को पाइरेसी आरोप लागेका सुवेदीले गरे आत्महत्या

फिल्म ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवक कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् ।
फिल्म पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित चार जनासँग समान्य सोधपुछ गरेको थियो । फिल्म भाइरल भएपछि तनावमा आएर ती युवाले आत्महत्या गरेको हुन सक्ने अड्कल काटिएको छ । तर आत्महत्याको विस्तृत विवरण आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
