हट्यो काम परिवर्तन गर्नका लागी उस्तै भिषा आवश्यकताको मापदण्ड


कतारमा लागु भएको नयाँ श्रमिक कानुन अन्तर्गत काम परिवर्तन गर्नका लागी चाहिने केही मापदण्डहरु पटक पटक परिवर्तन भईरहेका छन। केही हप्ता अगाडि मात्र लागु हुने भनिएको काम परिवर्तन गर्न चाहिने उस्तै देश, लिंग तथा पदको भिसा आवश्यकता अब भने नचाईने भएको छ ।
तसर्थ अब काम परिवर्तन गर्नका लागी नँया रोजगार दाता संग उस्तै भिषा हुनुपर्नेछैन् तर कामदारले नँया कामका लागी प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयमा निवेदन भने अनिवार्य रुपमा दिनुपर्नेछ । निवेदन अन्लाईन बाट पनि दिन सकिनेछ ।
१. मन्त्रालयको वेबसाइट मार्फत निवेदकले काम परिवर्तन को लागी http://e-notice.adlsa.gov.qa/ मार्फत आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन सक्नेछन् ।
२. त्यसपछि निवेदकको मोबाइल नम्बरमा पिन नम्बर आउनेछ ।
३. मोबाइलमा आएको पिन नम्बर हानेपछि निवेदकले नँया कामका लागी आवश्यक काम,पद, उमेर तथा रोजगार दाताको जानकारीको सूची हेर्न सक्नेछन् ।
४. अन्त्यमा काम परिवर्तनको शिर्षक रोजेर आफ्नो करारको प्रमाण पेश गर्नुपर्नेछ ।
जागिर परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्र्तगतका कामदारले आफ्नो साबिकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ भने कामदार कुनै अपराधिक कृयाकलापमा संम्लग्न रहेको हुनुहुँदैन ।
अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन सक्नेछ । यसमा पनि निवेदन अवधि एक महिनाको हुनेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा आवेदन दिने अवधि ६० दिन तोकिएको छ ।
साथै आवेदन र स्वीकृतीहरु प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा घोषित सर्तबमोजिम हुनेछ, केही कठिनाई वा प्राविधिक समस्या भएमा email : e-notice@adlsa.gov.qa | Tel : +974 40288888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अरु धेरै समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।