रिलिज घोषणा गर्दै ‘निर्भय’ले सार्बजनिक गर्यो फर्स्टलुक पोस्टर

फिल्म ‘निर्भय’ आगामी चैत्र ११बाट रिलिजमा आउने भएको छ । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरिएको हो । सार्वजनिक दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’मा अभिनयमा छन् । हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।
‘निर्भय’मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् ।