घट्यो राहदानी शुल्क

नेपाल सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । अब त्यसलाई घटाएर ५० डलर अर्थात १८०-२०० कतारी रियाल कायम गरिएको छ ।

वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button