तेरिया मगर फाइनलमा, बिहीबार राति सम्म भोट दिन सकिने


नेपाली किशोरी तेरिया फौजा मगर भारतीय टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो ‘झलक दिखलाजा’ यो सिजनमा फाइनलमा पुगेकी छिन् ।
भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय डान्स रियालिटीे डिआईडी सिजन–३ को उनी यस अघि विजेता बनेकी थिइन् । रुपन्देही, रुद्रपुरकी तेरिया झलक दिखलाजामा त्यहाँका कैयौं हस्तीलाई पछि पार्दै फाइनलमा पुगेकी हुन् ।
उनी नृत्यबाट फेरी नेपालको नाम विश्वसामू चिनाउने क्रममा अघि बढ्दैछिन् । झलक दिखलाजाको यस पटकको श्रृंखलाको फाइनल जनवरी २१ तारिक बेलुका हुँदैछ । आफ्नो नृत्यकलाबाट फाइनलमा पुगेको बताउँदै उनले अब यो प्रतिस्पर्धा जित्न भोटको आशा गरेकी छिन् ।
यही बिहीबार कतार को समय अनुसार राती ९:२९ बजेसम्म उनलाई भोट गर्न सकिने छ । भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस भोटिङ गर्न सक्नेछन् भने हामी प्रवासमा रहेकाले अनलाइन भोटिङका लागि पनि एउटा अनलाइन पिसीबाट सयपटकसम्म भोट गर्न सक्नेछौ ।
तेरिया लाई अन्लाईन मार्फत भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोश ।
केही समस्या भएमा तल को भिडीयो हेर्नु होला।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।