विदेशी नियोगसँग नेपाली कामदारको हकका लागि छलफल जारी छ : नेपालका परराष्ट्रमन्त्री

नेपालका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले सरकारले ध्यान पुग्न नसकेका महत्वपूर्ण देशहरुसँगको सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागिपरेको बताउनुभएको छ ।

बिहीबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारको ध्यान नपुगेका तर विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताउनुभयो ।

विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका लागि मन्त्रालयले विदेशी नियोगसँग छलफल जारी राखेको मन्त्री महतले बताउनुभयो । पछिल्लो समयमा सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने उहाँको भनाई थियो ।

संविधान संशोधनका विषयमा दलहरुबिच सहमति जुटाएर अघि बढ्ने पनि उहाँले बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय निकाय र प्रदेशको निर्वाचन आवश्यक रहेको उहाँको भनाइ थियो ।

स्थानीय निकायको निर्वाचन वैशाख वा जेठमा गरेपछि देश विकासले गति लिने परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले  बताउनुभयो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button