कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्रो.रमजान अलि मियाँ सम्मानित

कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्रोफेसर मोहम्मद रमजान अलि मियाँ लाई मुस्लीम मुक्ति मोर्चा नेपालले सम्मान गरेको छ । काठ्माडौ मा शनिबार एक कार्यक्रम बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा कदर पत्र सहित सम्मान गरिएको छ । उहाँलाई कतारका नेपाली समुदायको सामाजिक उत्थान र अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा प्रशासनीय काम गरेको भन्दै सम्मान गरिएको हो ।
मियाँले कतारको कानुन लाई नेपाली भाषामा अनुवाद गरी पुस्तक तयार गर्नुभएको थियो साथै अहिले लागु भएको नँया संशोधित कानुलाई नेपाली कामदारहरुमा सचेतनाका लागी फेरी पनि अनुवाद गरिसकेको र फेब्रुअरीको पहिलो साता दोहामा एक कार्यक्रम गरी बिमोचन गर्ने क्युएन खबर लाई बताउनु भएको छ ।
मियाँले कतारमा अलपत्र नेपाली कामदारको उद्धारमा विशिष्ट योगदान दिनुभएको छ । उहाँ सन् २०१४ देखि कतारको मानव अधिकार समिति का नेपाली प्रतिनिधीका रुपमा कार्यरत हुनुहुन्छ ।
सन् २००३ मा पाकिस्तान मा इस्लामिक स्टडीज एन्ड अरबिक लिटरेचरमा बिशिस्ट एम ए गर्नुभएका मियाँ त्यहाँ बाट फर्के पश्चात नेपालमा अरबिक साहित्यको विकास गर्नका लागी अलहरामेन शैक्षिक समाज स्थापना गर्नुभएको थियो । त्यहाँ केही वर्ष काम गरी बहराइन पुगेका मियाँ केही वर्ष उतै काम गर्न थाल्नुभयो ।
कतारमा सुरुको दिनहरु नेपाली दुतावासमा सचिव पदको काम गर्नुभएको मियाँले एक वर्ष भित्रमा नै नेपाली समुदाय मा आफ्नो घुलमेल बढाउनु भयो । अरबिक भाषाका कागजपत्र नेपाली भाषामा अनुवाद गरी नेपाली समुदायमा उल्लेखनिय योगदान र समस्यामा परेका नेपालीलाई सहयोग गर्दैजानु भयो र कतार सरकारले उहाँलाई आधिकारिक सल्लाहकार र परामर्शदाता दर्जा पनि दियो ।
आन्तरिक मन्त्रालयको समन्वयमा कानुनी धेरै मुद्धाको समाधान गर्दै आउनु भएका मियाँ हाल साप्ताहिक राजधानी पत्रिकामा अरबिक भाषालाई नेपालीमा अनुवाद गर्दै आइरहनुभएको छ । अनुवादक बाहेक लामो समय देखी उहाँ नेपाली समुदायको प्रमुख सल्लाहाकार र मानव अधिकार कर्मी हुनुहुन्छ ।

नेपाली समुदायमा उत्कृष्ट योगदान गरे बापत नेपाल तथा कतारमा विभिन्न संस्थाहरु बाट सम्मानित भईसक्नुभएको मियाँ शेख थानी बिन अबदुल्लाह अल थानी फाउन्डेसन संस्था बाट पनि सम्मानित हुनुभएको थियो ।
कतारका नेपाली समुदायको सामाजिक उत्थानका निम्ति उल्लेखनीय भुमिका निर्वाह गरेको भनी कतार सरकार बाट सम्मान पाएका प्रो. मोहम्मद रमजान अलि मियाँ एक मात्रै आप्रवासी हुन जस्लाई कतार सरकारले क्यौ पटक सम्मान गरेको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।