एसियन कपको टिकट बिक्रि भोलि बाट सुरु हुने

एसियन कप २०२३ को टिकट बिक्रि भोलि बाट सुरु हुने भएको छ ।
स्थानिय आयोजक समितिले आज एक पत्रकार सम्मेलन गर्दै जनवरी १२ देखि फेब्रुअरी १०, २०२४ सम्म
कतारमा आयोजना हुने प्रतियोगिताको टिकट बिक्रि भोलि देखि सुरु हुने बताएको हो। टिकट २५ रियाल देखि माथि तोकिएको छ ।
एसियन कपको १८ औ संस्करणमा पछिल्लो फिफा विश्वकप आयोजना भएका ७ रंगशाला संगै जम्मा ९ वटा रंगशालामा ५१ खेलहरु खेलाइनेछ ।
टिकट स्थानिय समिति र एएफसीको वेबसाइट बाट खरिद गर्न सकिनेछ।