करवा कार्डका लागी डेबिट तथा क्रेडिट कार्ड चाँडै परिचालन हुने

करवा बसको यात्रुहरुले अब घनिम सेन्ट्रल बस स्टेसनमा राखीएको सेल्फ सर्भिस (स्वत चल्ने) मेसिन बाट करवाको स्मार्टकार्ड किन्न र रिचार्ज गर्न सक्नेछन । मेसिनमा मा चाडै नै के्रडीट तथा डेबीट कार्ड प्रयोग गरी स्मार्ट कार्ड किन्न र रिचार्ज गर्न सकिने मवासलात ले जनाएको छ ।

२०१५ को तुलनामा १९ प्रतिशतले वृद्धि भएको यात्रुहरुको सुविधाको लागी मवासलातले अझै त्यस्ता मेसिनहरु थप्नेछ । मेसिन बाट क्लासीक तथा लिमिटेड कार्ड प्रयोगकर्ताहरुले ५,१० तथा १०० रियालको रिचार्ड कार्डहरु खरिद गर्न सक्नेछन ।

हाल देशभर राखीएका आफ्नै ३०० मेसिन ,४०० वरिडु मेसिन मार्फत तथा मेसिन बाहेक अन्य ८० आधिकारिक वितरकहरु बाट कार्ड रिचार्ज गर्ने ब्यवस्था रहेको छ ।

यातायात तथा संचार मन्त्रालय संग सहकार्य गर्दै आएको मवासलात कम्पनी हाल कतार रेल सिस्टम संग संयोजित भइसकेको छ। यसले २०३० सम्म संचालनमा आउने सबै मेट्रो स्टेसन मा आफ्नो पहुँच  बनाउनेछ ।
यात्रुहरुको उच्चस्तरीय सुविधाको लागी मवासलात मन्त्रालयको निरीक्षणमा काम गरिरहेको छ साथै देशभरको यातायात संचार सुधार्न नियमित अन्तरालमा अध्ययन पनि गर्दै आइरहेको छ ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button