गायक प्रकाश ओझा दश बर्षका लागी जेल चलान

 

 

चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागी जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार भएका ओझालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागी केन्द्रिय कारागार सुन्धारा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।

साथै पिडितहरुलाई थाहै नदिर्इं यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेच विखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरेको फैसला उल्टाएको थियो ।

अदालतको फैसलापछि उनी लुकीछिपी गीत रेकर्डिङ गर्दै आएका थिए ।

ओझाले गाएको ‘बाहुले बिहे गर्देनन् पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ लगायत बोलका गीत निकै चर्चित छ ।

रातोपाटी बाट साभार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button