मोबाईलमा लुलु भाउचर को लिंक आयो? सावधान रहनुहोस


केही दिन यता लुलु हाइपरमार्केट को झुटो भाउचरको लिंक ले कतारमा चर्चा पाईरहेको छ । लिंकमा थिच्दा केही प्रश्नहरुको उत्तर दिएर आफ्नो १० साथीभाईलाई फरर्वड गरेबापत लुलु हाइपर मार्केटको ५०० कतारी रियाल बराबरको भाउचर निःशुल्क पाइने भनेर आएको छ भने सावधान रहनुहोस । यस्तो झुटो लिंकले मोबाईलको ब्यालेन्स काट्नेछ ।
कतार स्थित लुलु हाईपरमार्केटले आफनो फेसबुक पेज मार्फत मार्केटमा हाल यस्तो कुनै अफर नरहेको जनाएको छ भने यस्ता लिंक स्पाम हुन र नफस्न ग्राहकहरुलाई सुझाव दिएको छ ।
यस्ता स्पाम म्यासेज कहाँ र कसले उत्पादन गर्दछ भन्ने यकिन नभएपनि ओमान तथा बह्रराइन राष्ट्रहरुमा यसअघि नै लुलुको यस्तो भाउचरको बिगबिगी भईसकेको छ । कतारमा भने केही महिना अघि क्यारीफौर मार्केटको यस्तै झुटो भाउचरले हैरान बनाएको थियो ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।