सत्तापक्षको निष्कर्षः रास्वपाले भिड जम्मा गरेर अदालतलाई प्रभावित पार्न खोज्यो

काठमाडौं,कात्तिक ७-

सत्तापक्षले संसदीय छानबिन समितिमा निर्देशनअनुसार रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा पुर्‍याउन खोजिएको बताएको छ । बुधबार बालुवाटारमा बसेको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा भएको एमाले महासचिव शङ्कर पोखरेलले बताए ।

उनले भने, ‘छानबिन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई समेत प्रभावित पार्ने खालको गतिविधि स्वीकार्य हुँदैन । यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन । फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन ।’ पोखरेलले अदालती प्रक्रियामा बाधा नपुर्‍याउन पनि आग्रह गरे ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button