दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

काठमाडौँ, कात्तिक २४-

राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button