लागुऔषध कारोबारमा संलग्न नेपाली नागरिकलाई तीन वर्षको जेल सजाय

लागुऔषध कारोबारमा संलग्न एक नेपाली नागरिकलाई दोहा क्रिमिनल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको छ भने सजाय पश्चात तत्काल देश निकालाको आदेश दिएको छ  । कतारको दैनिक पत्रिका अर्रायाह को अनुसार नाम नखुलाइएको उक्त नेपाली नागरिकलाई ५ के.जी एम्फैटेमिन चक्की को बेचबिखन तथा प्रयोग गरेका कारण दोषी ठहराउँदै २ लाख कतारी रियाल जरिवाना पनि तोकेको छ ।

सुराकी बाट सुचना पाएपछि प्रहरीले एक सादा पोशाकका प्रहरी पठाई ९५० कतारी रियाल बराबरको  एम्फैटेमिन चक्की बेच्ने सम्झौता गराएर वितरण गर्ने स्थान बाटै रंगेहात पक्राउ गरेको थियो । उक्त नेपाली नागरिक को कोठा  बाट  एम्फैटेमिन चक्की तथा अन्य लागु औषधी समेत जफत गरिएको छ ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button