फार्मका क्याम्पमा श्रमिक राख्न नपाइने

नगरपालिका तथा वातावरण मन्त्रालयले सबै कम्पनीहरुलाई फार्महरुको अनुपयुक्त क्याम्पमा राखिएका कामदारहरुलाई उपयुक्त ठाउँमा सार्न आगामी जुनसम्मको समयसीमा तोकेको छ । मन्त्रालयले श्रमिक आवासका लागि तोकिएको मापदण्ड नपुगेका ठाउँमा कामदार नराख्न दबाब दिने जनाएको छ । अनुपयुक्त ठाउँमा कामदार राखेका कम्पनीहरुले अब कि त तोकिएके मापदण्ड पूरा गर्नुपर्ने छ कि लेबर सिटिमा नयाँ आवास खोज्नुपर्नेछ । त्यसो नभए उनीहरुले वासिफ र बार्वा कम्पनीसंग आवासीय एकाइहरु भाडामा लिनुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले यसअघि नै फार्महरुलाई पारिवारिक आवासीय इलाकाको बसोबास नियमन गर्ने सन् २०१० को कानुन नं १५ र निजी र सार्वजनिक सम्पत्ति तथा तोकिएको प्रयोजनमा मात्रै पार्महरु प्रयोग गर्ने सम्बन्धी १९८७ को कानुन नं १० प्रावधान उल्लंघन गरिरहेको भन्दै चेतावनी दिएको थियो ।
राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक बाट साभार