प्रतितोला २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, पुस २-
नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो