नेशनल स्पोर्टस डे मनाउदै हुनुहुन्छ ? आयोजना हुने खेल तथा स्थानहरु यस्ता छन्

कतारको छैठौ नेशनल स्पोर्टस डे आउँदो मंगलबार फेब्रवरी १४ तारिख भव्य रुपमा आयोजना हुँदैछ । खेलकुदको माध्यम बाट सबैमा स्वास्थ्य जीवन रहोस भन्ने मुल उदेश्यका साथ वर्षको एक दिन कतारले खेलकुदमा समर्पित सन् २०१२ देखी गर्दै आईरहेको छ । यो वर्ष पनि देशका विभिन्न स्थानहरुमा खेलकुद गतिविधी हुन गईरहेको छ ।

मौसम

कतारमा यो हप्ताभरि नै भारी वर्षाको सम्भावना रहेको छ ।स्पोर्टस डे को दिन पनि वर्षा हुनसक्ने सम्भावना हुँदा सबैमा त्यही अनुरुपको व्यवस्था गर्न आवश्यक देखिन्छ ।

एमआइए पार्क
ओरिडुले ले एमआइए पार्कमा स्पोर्टस डे को दिन विहान ८ बजे देखि बेलुका ५ बजे सम्म विभिन्न खेलकुद गतिविधिहरु आयोजना गर्दै छ । सबै वर्गका लागि फिटनेस क्लास जस्तै ब्राजिलियन ज्यू जीट्सु,वाल्कीङ्ग ग्रुप,ग्ल्याडियटर जौस्ट,सर्किट ट्रेनिङ्ग,फुटबल तथा कायाकिङ्ग जस्ता खेलहरु आयोजना गर्दैछ ।

एस्पायर जोन
देशमा सबैजसो खेलकुद हुने स्थल नै एस्पायर जोन रहेको छ । पहिलेको वर्षहरु जस्तै यो वर्ष पनि जोन ले ३ किलोमिटर प्रतियोगीताको आयोजना गर्दैछ । विहान ८ बजे बाट सन्चालन हुने प्रतियोगिताको लागि बिहान ६ बजे देखि ७ः४५ बजे सम्म प्रतियोगीको दर्ता खुल्नेछ । खलिफा स्टेडियमको भिआइपी प्रवेशद्धार को विपरित टर्च होटल नजिक रहने स्टल मा ईच्छुक सहभागीले आफ्नो आइडी वा पासपोर्टपको प्रतिलिपी बुझाइ दर्ता गर्न सक्नेछन् ।

त्यस्तै बाहिरी मैदानहरुमा फुटबल,बास्केटबल,भलिबल जस्ता खेलहरु बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म आयोजना हुनेछन् भने भित्री मैदान एस्पायर डोममा फुटबल,क्लाइम्बिङ्ग,फिटनेस तथा जीम क्लासहरु बिहान १० बजे बाट आयोजना हुनेछ ।

अल वाक्रा
नेसनल डे को दिन अल वाक्रा स्पोर्टस क्लबले दौड प्रतियोगिता,फुटबल,टग अफ वार जस्ता बिभिन्न खेलहरु आयोजना गर्दैछ । उक्त खेलहरुमा भारतिय फुटबल खेलाडी मोहम्मद रफी विशेष अतिथी रहनेछन् ।

एसियन टाउन,सनैया
ग्रान्ड मल नजिक रहेको एसियन टाउनमा पनि उक्त दिन बिभिन्न खेलहरु ओयोजना हँुदैछ । बिहान ८ बजे बाट क्रिकेट म्याच,भलिबल प्रतियोगिता –महिला तथा पुरुष) र टग अफ वार जस्ता खेलहरु हुनेछन् ।

अल खोर
अल खोरमा परिवारका लागी ५ कि.मी पैदल,फुटबल,साइकल रेस,किड्स फन भिलेज जस्ता खेलहरु आयोजना हुँदैछ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button