शनिबार सम्म वर्षाको सम्भावना

कतारको मौसम अझै केही दिनका लागी खराब रहने देखिएको छ । यहाँको मौसम विभागले आउँदो शनिबार सम्म कतारको मौसम  खराब रहने जानकारी गराएको  छ । हिजो दिनभर जस्तो वर्षा भएको थियो ।
शनिबार सम्म कडा हावाहुरी ,वर्षा का साथ मौसम खराब रहनेछ । साउदी अरेबियाको उत्तरी भागमा कम चापको गहिराई उच्च हुनुका कारण साथै सुडान कम चाप प्रक्रिया अरब पेनिनसुलामा बढ्नका कारण कतारको मौसममा असर पर्न गएको हो ।

देशको विभिन्न भागमा मौसम बदली भई वर्षाको  सम्भावना शनिबार सम्म  देखिएको हो । त्यस्तै रातको समयमा जाडो बढ्नेछ । तापक्रम भने १९ देखि २२ डिग्री सम्म रहनेछ । हावाको गति भने ३४ देखि ४६ किलोमिटर प्रति घन्टासम्म रहनेछ ।

 

साथै वर्षाको समयमा आफुबस्ने वरपरको स्थानहरुमा पानी जमेर समस्या भईरहेको छ भने कतारको नगरपालिका तथा वातावरण मन्त्रालय (बलदिया) लाई सम्पर्क गर्न नहिचकिचाउन मन्त्रालयले आग्रह गरेको । मन्त्रालयले हिजै देखि सडकहरुमा जमेको पानी हटाउने काम सुरु गरिसकेको छ ।

अनलाइन सम्पर्कको लागी http://www.mme.gov.qa/cui/view.dox?id=698&siteID=2

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button