वर्षाको समयमा चालकहरुले अपनाउनुपर्ने सुरक्षाको उपायहरु

साधारण अवस्थामा भन्दा वर्षाको समयमा बाटोको प्रतिकृया भिन्न हुने हुदाँ सवारी दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ । कतारमा यो हप्ताभरि नै वर्षाको सम्भावना रहेको हुँदा सवारी चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ । हालसालै आन्तरिक मन्त्रालयले सवारी सुरक्षाको लागि आफ्नो समाजिक सन्जाल मार्फत दिएको सावधानीको उपायहरु यस्ता छन् :
१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।
२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।
३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा ए.सी को प्रयोग गर्नुहोस ।
४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।
५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।