कतारले घरेलु कामदार माथीको मस्यौदा कानुन अनुमोदित गर्‍यो

कतारले घरेलु कामदार माथीको मस्यौदा कानुन अनुमोदित गरेको छ । कानुनले हजारौ घरेलु कामदारहरुको कानुनी सुरक्षा गर्नेछ । कतार न्यूज एजेन्सीको अनुसार बन्ने नयाँ कानुनले सेविका,ड्राईभर,माली जस्ता घरेलु कामदारहरुको काम गर्ने समय,वार्षिक विदा र तलब बारे विस्तृत विवरण तोक्ने अपेक्षा गरिएको छ । साथै विधान मन्त्रीमण्डल बाट स्वीकृत भइसकेको एजेन्सीले थपेको छ । कानुनले स्पोन्सर तथा कामदार दुबैको काम,अधिकार र सम्वन्धको विधिवत गर्नेछ ।

कतारमा हाल घरेलु कामदारहरुको लागी कुनै  विधिवत कानुन छैन् । यस्ता कामदारहरुले आफनो मालिक संग कुनै औपचारिक करारपत्र मा अनुवन्धीत हुनुपर्दैन् भने उनीहरु विरुद्ध श्रम मन्त्रालयमा कुनै उजुरी पनि दिन पाउँदैनन् ।

कतारमा घरेलु कामदारहरुको वास्तविक तथ्याङ्क नभएपनि एमनेस्टी इन्टरनेसनल ले २०१४ को रिपोर्टमा यहाँ झन्डै ८४ हजार घरेलु कामदार रहेको दावी गरेको थियो । ती मध्ये कतिपय शोषणमा परिरहेका छन् । एम्नेष्टी इन्टरनेसनलले घरेलु कामदारहरुलाई पनि वेज प्रोटेक्सन सिस्टममा समावेश गर्न जोड दिईरहेको छ । सन् २०१५ मा भित्राइएको सिस्टमले कामदारहरुलाई समयमा नै तलब भुक्तानीको सनुश्चित गर्नेछ ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button