‘ह्रस्व दीर्घ’ ले १० करोड ६० लाख कमाएको निर्माताको दाबी

काठमाडौं, मंसिर २०-

कात्तिक ३० गते रिलिज फिल्म ‘ह्रस्व दीर्घ’ ले १० करोड ६० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

फिल्मले नेपालमा १९ दिनमा उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन्।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नीता र अभिनेता हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। साथमा ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। बलिउडका सिनेमेटोग्राफर कवीरलालले फिल्म खिचेका हुन्। फिल्मलाई भारतमा समेत छिट्टै थिएटर रिलिज गरिने जनाइएको छ।

फिल्मलाई बिहीबारदेखि क्युएफएक्सलगायतका मल्टिप्लेक्स चेनले भने उतारेका छन्। भारतीय फिल्म ुपुष्पा २ु रिलिजसँगै ‘ह्रस्व दीर्घ’ को शो हटाइएको हो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button