मोबाइल बाटै बिजुली तथा पानी अवरोधको रिपोर्ट दिन सकिने

कतारमा अब सेवाग्राहीहरुले बिजुली तथा पानीको अवरोध बारे मोबाइल फोन बाटै रिपोर्ट गर्न पाउने भएका छन् । कतार जनरल बिजुली तथा पानी  (कह्रमा) ले एक नयाँ अनलाइन सेवा मार्फत रिपोर्ट गर्न  कह्रमा एप्प प्रयोगमा ल्याएको छ । एप्प अन्र्तगत सेवाग्राहीले आफ्नो पानी तथा बिजुलीको नम्बर,फोन नम्बर र कतारी आइडी नम्बर हालेर अबरोध उजुरी बटन थिचेर रिपोर्ट गर्ने व्यवस्था रहेको छ । रिपोर्ट सिधै पानी तथा बिजुली इमरजेन्सी शाखामा पुग्दछ । साथै एप्पमा  रिपोर्ट बारे थप  विवरण दिने सुविधा पनि रहेको छ ।

सेवाग्राहीहरुको सुविधाको लागि कह्रमा को २४ सै घन्टाको  कल सेन्टर पनि रहेको छ । जसमा ९९१ डायल गरि समस्या बारे जानकारी दिन सकिन्छ ।

एप्पमा बिल जाच्न र तिर्न, सर्टिफिकेट लिन,मिटर रिडिङ्ग तथा अन्य थप सुविधाहरु पनि रहेको छ । एप्प एन्ड्रोइड र एप्पल स्टोर बाट डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button