मार्च १ देखि तेलको भाउ फेरी बढ्ने


कतारमा तेलको भाउ फेरी बढ्ने भएको छ । मार्च १ तारिक बुधबार देखि लागु हुने गरी डिजेल तथा पेट्रोल दुबैको भाउमा ५ दिराम ले वृद्धि हुने कतारको उर्जा तथा औधिोगिक मन्त्रालयले जनाएको छ । अब ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउमा ५ दिरामले वृद्धि भई प्रति लिटर १.६० कतारी रियाल पर्नेछ भने ९५–अक्टेन सुपरको प्रति लिटर १.७० कतारी रियाल पर्नेछ ।
त्यस्तै डिजेलको भाउमा पनि ५ दिरामले वृद्धि भई प्रति लिटर १.५५ कतारी रियाल पर्नेछ ।

गत वर्षको मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । यो संगै कतारमा तेलको भाउ बढेको पाँचौै पटक हुनेछ ।   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button