भोली देखि फेरी वर्षा

कतारमा भोली देखि पुन: वर्षाको सम्भावना देखिएको छ । कतार मौसम विभागको अनुसार देशमा अस्थिर मौसम अवस्थाको कारण भोली देखि आईतबार सम्म वर्षा हुने सम्भावना देखिएको छ । कतारमा यो वर्ष मा मात्रै दुई पटक वर्षाको मौसम रहेको थियो ।
विभागको अनुसार वायुमण्डलीय अस्थिरतामा कम चाप को दबाब कारण देशभरको मौसममा असर पर्न गएको हो । त्यस समयमा मौसम आशिंक बदली देखि पुरा बदली भई देशको विभिन्न स्थानहरुमा वर्षा हुनेछ ।
वायु भने उत्तरपुर्वी हुँदै पुर्व तर्फ बहनेछ र तापक्रम भने सामान्य नै रहनेछ । त्यस्तै समुन्द्री क्रियाकलापको सावधानी का साथै पछिल्लो अवस्था बारे थप जानकारीको लागि शाखाको सामाजिक सन्जाल मार्फत जानकारी लिन शाखाले आग्रह समेत गरेको छ ।
आज देशको केही भागहरुमा बिहान दृश्यता कम रह्यो भने तापक्रम ११ देखि २५ डिग्री सम्म मापन गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
