बिज्ञापन

नेपाली रग्वी टिम भोलि कतार र फिलिपिन्स संग भिड्दै

एसिया रग्वी सेभेन्स ट्रफी अन्तर्गत नेपालले भोलि शुक्रबार,मार्च ३ मा आफ्नो खेलहरु खेल्दैछ । दोहा स्थित एस्पायर वार्म अप एन्ड रग्वी पिचमा हुने खेलहरुमा नेपालले पहिलो खेल कतार संग अपरान्ह १ः५२ बजे र दोस्रो खेल फिलिपिन्स संग बेलुका  ४ः३७ बजे  खेल्नेछ । सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली रग्वी टोली मंगलबार  कतार आईपुगेको थियो ।

नवीन गिरीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा कृष्ण क्षेत्री,विराट श्रेष्ठ, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, विराटजंग ऐडी, निर्मल लामा, सुनील मल्ल ठकुरी, गजेन्द्रबहादुर राना, अशोक शाही, विक्रम पुरी र सनीश महर्जन रहेका छन् ।टिम व्यवस्थापकमा गोपाल क्षेत्री, प्रशिक्षकमा हरि तामाङ र फिजियोमा ध्रुव उप्रेती छन् ।

प्रशिक्षक हरि तामाङले टिमले निकै मिहेनत गरेको र राम्रो खेल प्रर्दशन गर्नेमा आफु विश्वस्त रहेको जानकारी दिनु भएको छ ।

नेपालले यस अघि अन्तराष्ट्रिय स्तरमा चेन्नाईमा भएको ओलम्पीक छनौटमा दुई पटक सहभागी जनाईसकेको छ ।
कतार रग्वी फेडेरेशनको आयोजना हुन लागेको यस प्रतियोगितामा नेपाल संगै भारत,बङ्गालादेश,कतार,थाइल्यान्ड,युएइ,इरान,सिङ्गापुर,जोर्डन,पाकिस्तान र फिलिपिन्सको सहभागिता रहेको छ ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button