राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी कतार आउने

भारत फुटबल एसोसियसन कतार संगको मैत्रीपूर्ण खेलका लागी  राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी कतार आउने भएका छन् । आउँदो शुक्रबार मार्च १० तारिख हुने खेलमा बुढाथोकीको भिषा प्रकिया पुरा भइसकेको र चाँडै नै कतार आउने जानकारी नेपाली फुटबल टिम कतार का अध्यक्ष सन्जीव रानाभाटले जानकारी दिनुभएको छ । साथै भारतिय समुदाय बाट पनि राष्ट्रिय खेलाडी मोहम्मद रफी ल्याउने प्रकिया जारी रहेको उहाँले थप्नु भयो ।

नेपाली फुटबल टिम कतार यतिखेर पाँचौ एसियन फुटबल प्रतियोगितामा खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा जापान लाई १० ० ले हराएको थियो भने दोस्रो खेलमा मलेशियालाई २ १ ले हराएको थियो ।

सन् २०११ मा फ्रेन्ड्स क्ल्ब बाट आफ्नो करियर सुरु गरेका बुढाथोकी त्यसपछि थ्री स्टार क्ल्बमा आबद्ध भएका थिए । सन् २०१३ मा भएको एयाफसी प्रेसिडेन्ट कप ताइवान पावर कम्पनी विरुद्ध उनले गोल पनि गरेका थिए । त्यस्तै उनले सन् २०१३ को साफ च्याम्पेन्सिप मा अन्र्तराष्ट्रिय डेब्यु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button