हमाद अस्पतालको पार्किङमा परिवर्तन हुने

बिरामी तथा कुरुवाहरुको सुलभ पार्किङ सेवाको मध्यनजर गर्दै हमाद मेडिकल कर्पोरेशन (एचएमसी) ले नयाँ अस्थायी पार्किङको व्यावस्था लागू गरेको छ।
सेप्टेम्बर २ बाट कार्यान्वयनमा आउने हमाद हस्पिटल को परिवर्तित पार्किङ यस्तो रहेको छ :
- अस्पतालको मुख्य प्रवेश द्वार मा रहेको पार्किङ एरिया बिरामी तथा कुरुवाहरुको लागि हुनेछ। वालवेट पार्किङ को लागि छुट्टै सानो स्थान बनाइनेछ।
- अस्पतालको बहिरङ्ग विभागमा रहेको तल्ले पार्किङ स्टाफको लागि मात्र रहनेछ। यदि प्रवेश द्वारको पार्किङ भरिएमा बिरामी तथा कुरुवाले यसको प्रयोग गर्न सक्नेछन्।
- अस्पतालको पार्किङ एरियामा अस्पतालको प्रवेश पास भएका डाक्टरहरूको लागि बिहान ५ देखि बेलुका २ बजे सम्मका लागि रहनेछ। दिउँसो २ बजे पश्चात सो पार्किङ स्थल बिरामी तथा कुरुवाको लागि हुनेछ तर बिहान ५ बजे पछि सो स्थानमा पार्किङ गरिराखेको भेटिए ट्राफिक विभागले जरिवाना लगाउनेछ।
‘हरेक दिन बिरामी कुरुवा तथा स्टाफ हरुले अस्पतालको पार्किङ प्रयोग गर्ने गर्दछन्। हामी सधैं यसलाई कसरी प्रभावकारी सँगै सुलभ बनाउन सकिन्छ भन्ने बारे हेरिरहेका छौं। आशा छ यस नयाँ परिवर्तनले यसलाई सरल बनाउनेछ,’ अस्पताल विकास विभागका कार्यकारी प्रमुख नगी खामिस अल मन्नाईले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो