अनुमति बिना फोटो,भिडियो खिच्ने तथा सेयर गर्नेलाई कारबाही हुने

अमिर एच एच शेख तमिम बिन हमाद अल थानीले केही दिन अगाडी २००४ को कानुन नं ११ ले प्रख्यापित गरेको पेनल कोड का केही प्रावधानहरु संशोधन गर्दै २०१७ को कानुन नं ४ जारी गर्नुभएको छ । पुरानो कानुनको लेख नं ३३३ लाई परिमार्जन गर्दै अब कसैको अनुमति बिना व्यत्तिगत जीवनमा हानी पार्र्नेे जोकोहीलाई दुई वर्ष सम्म को कैद सजाय अथवा दस हजार कतारी रियाल सम्मको जरिवाना रहेको छ । जारी गरिएको कानुन अन्र्तगत पर्ने नियमहरु यस्ता छन् ः

१.अनुमति बिना अरुको चिठी पढ्ने,अरुको फोनमा गरिएको वार्तालाप वा रेर्कडिङ्ग गोप्य रुपमा सुन्ने,विशेष स्थानमा रहेका मानिसहरुको फोटो तथा भिडियो कुनै साधान प्रयोग गरि लुकेर खिच्ने तथा सेयर गरेमा ।

२.कुनै पनि व्यत्तिको वा समुहको जीवनमा हानी,बदनाम वा दुरुपयोग गर्ने हिसाबले सार्वजनिक स्थानमा लिएको फोटो वा भिडियो खिच्ने तथा सेयर गरेमा ।

३.आधारिक व्यक्ति बाहेक अरुले दुर्घटनामा परेका घाईते वा मृतकको फोटो,भिडियो खिच्ने तथा सेयर गर्ने काम गरेमा  ।

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button