नेपालद्धारा फिलिपिन्स पराजित

पाँचौ एसियन आप्रवाशी फुटबल प्रतियोगिताको लिग चरणमा नेपालले तेस्रो जित हात पारेको छ । हिजो अल थुमामा स्थित कतार विकास विभागको टेकि्नकल मैदानमा भएको खेल मा नेपालले फिलिपिन्सलाई २-०गोल अन्तरले हराएको हो ।
पहिलो हाफको ७ औ मिनेटमा अर्जुन सुब्बाको गोल बाट अग्रता लिएको नेपाली टिमले ४५ औ मिनेटमा भक्त भण्डारी ले दोस्रो गोल थपेका थिए ।
यस अघि नेपालले पहिलो खेलमा जापान लाई १०-० को भारी अन्तरले हराएको थियो भने दोस्रो खेलमा मलेशियालाई २-१ गेलको अन्तरले हराएको थियो ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
