क्याम्प आगलागी पछि सहयोगको अपिल

केही दिन अघि श्रमिक आवासहरुमा लागेको आगलागी बाट ठुलो मात्रामा क्षति पुगेको समाचार यतिखेर कतारको विभिन्न अनलाइन मिडियाहरुमा आईरहेको छ । शुक्रबार अल सहानियाको अर्वाकन ट्रेडीङ्ग एन्ड र अल अल सलियाको वर्कस भिलेज स्थानहरुमा आईतबार भएको आगलागीमा मानविय क्षति भने भएको छैन् । आगलागी पछि श्रमिकहरुको अत्यन्त पासपोर्ट सहित आवश्यक कागजपत्र तथा अन्य सामानहरु पनि जलेर नष्ट भएको छ । पिडितलाई कपडा,खाधान्न,चर्पी जन्य सामान,व्ल्याङ्गकेट जस्ता सामानहरु सहयोग गर्न फिलिपिन्स र अन्य समुदायका संघ सस्थाहरु यतिखेर आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सन्जाल मार्फत अपिल गरिरहेका छन् ।
उक्त आगलागीमा नेपाली दाजुभाईहरु पनि पिडित रहेको हुनसक्ने अनुमान कतार नेपाल खबरले अनुमान गरेको छ र हाल सम्म कुनै पनि नेपाली समुदाय को संघ संस्थाहरु बाट सहयोगको समाचार आएको छैन् ।
सहयोगको लागी अल सहानियको गेट नं २ मा रहेको अर्वान हाउजिङ्ग मा र अल सिलियामा वर्कस भिलेज को गेट नं १७ मा सम्पर्क गर्न सकिन्छ ।
फोटो : Qatar tribune
भिडियो : Doha news
